शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

मोटरसाइकलमा ३८ लाख रुपैयाँ लुकाएको भेटिएपछि...

जनकपुरधाम - धनुषामा मोटरसाइकलको टयांकीभित्र लुकाउने ३८ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादवलाई सशस्त्र प्रहरीले ३८ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा जाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको अवस्थामा भेटिएको थियो ।

मोटरसाइकलको टयांकीमा बिर्कोको सट्टा नटबोल्ट लगाएपछि जाँच गर्दा ठूलो परिमाणमा पैँसा भेटिएको हो ।