विद्यार्थीलाई मिस नेवाःको शैक्षिक सामाग्री सहयोग

काठमाडौँ-मिस नेवाः र लिटिल मिस नेवाः हरुले दोलखा पुगेर त्यहाँका विद्यालयका विद्यार्थीहरुलाई न्यानो माया बाँडेका छन् ।
मिस नेवाः र लिटिल मिस नेवाहरुले भीमेश्वर नगरपालिका वडा नम्बर २ फूलपामा रहेको फूलपा प्राथमिक विद्यालयका करिब ७० तथा वडा नम्बर १ दामराङमा रहेका सुन्द्रावती आधारभूत विद्यालयका १ सय ३२ विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त कपडा तथा शैक्षिक सामाग्री प्रदान गरिएको मिस नेवा र मिस लिटिल नेवाको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।
नेप्लिज फेसन होम, मिस नेवाः, लिटिल मिस नेवाः, लायन्स क्लब अफ काठमाडौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघको सहयोगमा नापी कार्यालय दोलखाका प्रमुख तथा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धर, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर लगायतले ती सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा हेमा मानन्धरले नेप्लिज फेसन होमले गरेका कार्यक्रमबाट प्राप्त रकमको २५ प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गर्ने गरेको जानकारी गराइन् । चिसोको समयमा बालबालिकाहरुलाई कपडा सहयोग गरेकोमा अभिभावकले खुसी व्यक्त गरेका थिए ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया