फ्रान्सले स्वास्थ्य र कृषि क्षेत्रमा नेपाली कामदार लाने भएकै हो ?

काठमाडौँ- नेपालस्थित फ्रान्सका लागि राजदूत गिल्स बुर्बाओले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग भेटे । मंगलबार मन्त्रीको कार्यकक्षमा राजदूत र श्रेष्ठको शिष्टाचार वार्ता भयो । विदेशका कूटनीतिज्ञले नेपालका मन्त्री तथा उच्च पदस्थ व्यक्तित्त्वसँग भेटघाट गर्नु सामान्य मानिन्छ । त्यहीँ सिलसिलामा फ्रान्सका राजदूत बुर्बाओले पनि श्रममन्त्री श्रेष्ठसँग वार्ता गरे । भेटघाटको क्रममा मन्त्रालयको तर्फबाट श्रममन्त्रीसँगै सहायक प्रवक्ता डा. ठानेश्वर भुसाल पनि सहभागी थिए ।
भेटका क्रममा गिल्सले नेपालको श्रम तथा रोजगारीको अवस्थामा छलफल गरेका थिए । मन्त्रालयका सहायक प्रवक्ता भुसालकाअनुसार नेपाल र फ्रान्स बीचको सम्बन्धमा छलफल भएको थियो ।
श्रम मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली कामदार रहेको राजदूतलाई जानकारी गराएका थिए । डा. भुसालले राजदूत बुर्बाओको भनाइ उदृत गर्दै भने,' फ्रान्समा स्वास्थ्य र कृषि क्षेत्रमा रोजगारीको अवसर रहेको छ । राजदूतले कामदार लाने विषयमा कुनै पनि छलफल गर्नु भएन । कस्ता-कस्ता क्षेत्रमा रोजगारीको अवसर छ, त्यस जानकारी दिएर छलफल भएकै हो ।'
राजदूतसँग श्रम मन्त्री श्रेष्ठले नेपालबाट कामदार लान सकिन्छ वा त्यस विषयमा पहल गरिदिन आग्रह गरेका थिए । 'कूटनीतिज्ञ हिसाबले मात्र बुर्बाओले भेटघाट गरी छलफल भएको थियो,' भुसालले भने । हालसम्म नेपालबाट फ्रान्समा २ सय ९२ जना नेपालीले श्रमले स्वीकृति लिएर काम गरिरहेको डा. भुसालले जानकारी दिए ।सन् १९४९ अप्रिल २० मा नेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया