ठगीको अभियोगमा म्यानपावरका सञ्चालक र व्यवस्थापक पक्राउ

काठमाडाैँ - पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा म्यानपावरका सञ्चालक र व्यवस्थापक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालि म्यानपावरका सञ्चालक र व्यवस्थापकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौँ मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका ६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका २९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका १ घर भएका २४ वर्षीय समिर कार्की रहेका छन् ।
वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाइदिन्छु, मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुन्छ भनी प्रलोभनमा पारी ४ जनालाई ठगी गरेकाे अभियाेगमा उनीहरु पक्राउ परेका हुन् ।
पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया