फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं - विभिन्न व्यक्तिहरुकाे फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका–१० मंगलबारे घर भएका १८ वर्षीय युवकलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।
सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आईडी ह्याक गरी आईडीमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई पैसा मागेर अनलाइन ठगी गरेकाे आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया