रेल सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधारको निरीक्षण

काठमाडाैँ - भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङकण) को टोलीले आज कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ ।
कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र नेपालतर्फ भइरहेको तयारीबारे निरीक्षण गरेको हो ।
सो टोलीलाई जनकपुरधामस्थित रेल्वे स्टेसनमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले स्वागत गरे। सो क्रममा महाप्रबन्धक झाले टोलीलाई नेपालमा रेल सेवा सञ्चालनका लागि भइरहेको कानुनीलगायत अन्य तयारीबारे जानकारी गराए ।
निरीक्षण पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै निर्देशक सिंहले भारत सरकार नेपालमा छिट्टै रेल सेवा सञ्चालन गर्न चाहेको बताए । उनले नेपालमा रेल सञ्चालनका लागि तयारी भइरहेकाले छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे ।
निर्देशक सिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट सहयोग हुन्छ।”
नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालमा आउन सकेको छैन् । ती दुई वटै सेट रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा राखिएको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया