उखुको बिक्री मूल्य बढाउने सरकारकाे तयारी

काठमाडाैँ - सरकारले उखुको बिक्री मूल्य बढाउने तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले उखुको प्रस्तावित नयाँ मूल्य मन्त्रिपरिषदमा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताए ।
गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको भन्दै यस वर्ष समान रुपमा सबै प्रकारको उखुको बिक्रि मूल्य बढाइने उनले बताए । उनले धेरै उत्पादन गर्ने र थोरै उत्पादन गर्ने किसानले समान मूल्य पाउने भए पनि लागत बढ्दा किसान मारमा परेको देखिएको उल्लेख गरे ।
नेपालभन्दा भारतमा उखुको मूल्य सस्तो भएको र भारतले तीन प्रकारले किसानले उखुको मूल्य पाउने व्यवस्था रहेको जानकारी उनले दिए । सचिव शर्माले कानुन आयोगबाट पास भएर कृषि विधेयक अघि बढेको र त्यसपछि किसान मैत्री कानुन आउने जानकारी दिए ।
त्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले ५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए। किसानको वक्तौता भुक्तान नगर्ने लुम्बिनी, इन्दिरा, अन्नपूर्ण, हिमालय, श्रीराम मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि पत्राचार भइसकेको उनले बताए ।
बैठकमा सांसदहरुले उखु किसानले पाउनु पर्ने बक्यौता भुक्तानी तत्काल गर्नुपर्नेमा सांसदहरुले जोड दिएका थिए । सांसद अमनलाल मोदीले सरकारले नै किसानलाई भुक्तानी गरेर उद्योगबाट सरकारले असुल गर्नुपर्ने बताए। अब पनि किसानले भुक्तानी नपाए आफै असनस बस्ने उनले बताए । त्यस्तै सांसद राजन केसीले उखु किसानका समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै ऐन बनाउनुपर्ने धारणा राखे । बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधिहरुले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भए पनि निर्णयमा भने पुग्न नसकिएको बताएका थिए।

कृषिमा डिजिटल हस्तक्षेप : ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको …

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया