मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

राष्ट्रिय सभाका निर्वाचन- प्रदेश २ मा जसपा, माओवादी र एमालेले उम्मेदवार टुंग्यायाे

फाइल फाेटाे

जनकपुरधाम- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एमाले उम्मेदवार टुंगाे लगाएकाे छ ।

प्रदेश २ मा माओवादीले महिला र जसपाले पुरूष काेटा पाएका छन्। जसपाले खुला पुरूष समूहतर्फ सिरहाका माे. खालिद सिद्दकीलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका नेता समेत रहेका प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रले महिलातर्फ उर्मिला अर्याललाई उम्मेदवार बनाएकाे माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश २ का सचिव जोगकुमार बरबरिया जीवनले जानकारी दिए ।

त्यस्तै एमालेले खुला समूहतर्फ पर्साका उस्मान अन्सारी र महिलातर्फ राैतहटकी बीना साहलाई उम्मेदवार बनाउने केन्द्रीय कमिटीले साेमबार नै निर्णय गरिसकेकाे छ भने लाेकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म निर्णय गर्न सकेकाे छैन । लाेसपा प्रदेश २ संसदीय दलका नेता जितेन्द्र साेनलले बैठक जारी रहेकाे बताएका छन् ।