शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव यस वर्ष हुने

कैलाली - कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले आगामी माघको तेस्रो साताबाट महोत्सव लगाउने तयारी थालेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आउँदो माघ १८ गतेदेखि २८ गतेसम्म महोत्सव आयोजना हुने संघका अध्यक्ष पुष्पराज कुंवरले बताए । यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुनेछ । अध्यक्ष कुंवरले हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड-१९ का कारण हुन नसकेको बताए।

महोत्सवले यहाँको आर्थिक गतिविधि बढ्ने बताउँदै अध्यक्ष कुंवरले सुदूरपश्चिमका विभिन्न सांस्कृतिक झलकका साथै यहाँ पाइने खानाका परिकारहरुका साथै पर्यटनका सम्भावनाहरुको प्रचारप्रसार हुने बताए ।