मन्त्री भुसालले गरिन् ‘भोर्ले कुलो मुहान निर्माण’ को शिलान्यास

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गोदावरी नगरपालिकास्थित ‘भोर्ले कुलो मुहान निर्माण’को शिलान्यास गरेकी छिन् । ललितपुरका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सो कुलोको मुहान निर्माण गर्न सुरु गरिएको हो ।
जिल्लाको उत्तर–पश्चिम गोदावरी–९ स्थित नख्खु खोला किनारमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ उपलब्ध गराउने अभियानलाई पूरा गर्ने बताइन् । उनले पानीको स्रोत पहिचान गरी लिफ्ट, बोरिङ तथा सतहको पानी प्रयोग गरेर सिँचाइ पुर्याइने बताइन् । मन्त्री भुसालले भनिन्, 'ललितपुरका सबै राजकुलोलाई मर्मत गर्छौ । ललितपुरका खेतियोग्य जमीनमा सिँचाइ सुविधा पुर्याउँछौं।'
भोर्ले राजकुलो सिँचाइ प्रणालीको मुख्य स्रोत नख्खु खोला हो । यस सिँचाइ प्रणालीको मूल नहरको लम्बाइ करिव ७ किलोमिटर रहेको छ । बुङ्मतिदेखि छम्पीको टीकाभैरवसम्मका ४०० हेक्टर जमीन सिँचाइ हुने छ । यस सिँचाइ प्रणालीबाट करिव एक हजार १५४ घरधुरी अर्थात पाँच हजार २८४ जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कृषिमा डिजिटल हस्तक्षेप : ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको …

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया