प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सको सहयोग

काठमाडौं : हिमालय एयरलाइन्सले प्रयास नेपालका बाल बालिकाहरूलाई आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) ब्यानर अन्तर्गत पुनः सहयोग प्रदान गरेको छ । यस एयरलाइन्सले अङग्रेजी नयाँ वर्ष पूर्वसन्ध्यामा बर्षभरी पुग्ने परिमाणमा कपिहरु प्रदान गरेको हो ।
विद्यमान महामारीलाई ध्यानमा राख्दै, एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत प्रदान ग¥यो । सन् २०२० को डिसेम्बर ३१ मा प्रयास नेपालको छोटो अवलोकन भ्रमणका क्रममा हिमालय एअरलाइन्स्का पदाधिकारीहरूले प्रयास नेपालका पदाधिकारीहरूलाई शैक्षिक र चिकित्सा सामग्रीहरू कोभिड–१९ का सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर हस्तान्तरण गरे । प्रदान गरिएका सामाग्रीहरुमा १ हजार ६ सय ५० वटा कपी, दुई इन्फ्रारेड थर्मामीटर, २ बोतल ह्याण्ड सेनिटाइजर र एक हजार थान फेस मास्क समावेश थिए ।
हिमालय एअरलाइन्सकी ब्रान्ड र सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले सामाग्री हस्तान्तरणका क्रममा भनिन्, ‘सन् २०२० अनिशि्चतता र ओसिलो भविष्यको बर्ष थियो, विशेषगरी बालबालिकाहरूका लागि कोभिड–१९को डर र सामाजिक दूरीले स्कूल र कलेजमा निकै असर पुग्यो् । कोभिड विरुद्धको खोप आउने क्रमले सुरुङ्गको अन्त्यमा एउटा सानो प्रकाशको झिल्को देखिएको छ र शैकि्षक संस्थानहरू अब पुनः खोल्नका लागि तयारी गर्दैछन् । सामाजिक क्षेत्रमा केही गहन र अर्थपूर्ण योगदान पु¥याउने हाम्रो दृढ प्रतिबद्धताका साथ प्रयास नेपालप्रतिको हाम्रो वार्षिक प्रतिबद्धता पूरा गर्ने यो नै सही समय हो । हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरुका उत्थानका प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौं ।’

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_MB2qcY6SWz_2sdr4rt4qtjbwc7uaoa0bniawlnrvvp6eov0ld0hibsf5sxlubo8nlownfyv.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया