पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु

अछाम - अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु देखाउनेमा प्रदेशभरमै दोस्रो स्थानमा छ । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदन ०७८ अन्तर्गतको तथ्यांकमा पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको हो ।
सुदूरपश्चिम प्रदेशभरको लेखापरीक्षण हुन बाँकी दार्चुलाबाहेकका जिल्लाका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत भएको छ भने सबैभन्दा कम डडेल्धुराको अजयमेरु गाउँपालिकामा ०.६० प्रतिशत बेरुजु देखिएको तथ्यांकमा उल्लेख छ ।
सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु भएका पालिकाहरूमा बाजुराको त्रिवेणी नगरपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, भजनी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, कन्चनपुरको महाकाली नगरपालिका, बझाङको साइपाल गाउँपालिका रहेका छन् । सबैभन्दा कम बेरुजु देखिएका पालिकामध्ये डडेल्धुराको अजयमेरु गाउँपालिका, दुर्गाथली र बझाङको केदारस्युँ गाउँपालिका रहेका छन् ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया