‘हिरा मन्डी’मा आलिया देखि मनिषासम्म

मुम्बई : सञ्जयलीला भन्साली बलिउडमा भव्य सिनेमा बनाउनका लागि माहिर मानिन्छन् । ‘देवदास’, ‘रामलीला’, ‘बाजिराव मस्तानी’ केही प्रतिनिधि फिल्म हुन् जहाँ कथासँगै सेट र क्यामराको भव्यताको तारिफ हुने गर्छ ।
यिनै भन्साली फेरि एक पटक पिरियड कथामा ‘हिरा मन्डी’शीर्षकको फिल्म बनाउने तयारी गरिरहेका छन् । बलिउडका सञ्चारमाध्यमले लेखे अनुसार फिल्ममा उनले आलिया भट्टदेखि मनिषा कोइरालासम्मलाई खेलाउने सोच बनाएका छन् । स्रोतका अनुसार फिल्मको मुख्य भूमिकाका लागि आलिया भट्ट तय छिन् तर बाँकी भूमिकाका लागि माधुरी दीक्षित, दीपिका पादुकोन, मनिषा कोइराला, परिनीति चोपडा आदिसँग कुरा भइरहेको छ । सञ्जयलीला भन्साली आफैं अहिले बाँकी हिरोइनसँग कुरा गरिरहेका छन् ।
फिल्मको निर्देशन भने सञ्जय आफैंले गर्ने छैनन् । उनले निर्देशनको अभिभारा विभू पुरीलाई सुम्पिएका छन् जो भन्सालीको फिल्मकी मुख्य सहायक निर्देशन रहँदै आएकी छिन् । ‘हिरा मन्डी’ पाकिस्तानको लाहोरमा रहेको चर्चित रेडलाइट एरिया हो । भन्सालीले १३ वर्षअघि देखि नै यो कथामा फिल्म बनाउने घोषणा गरेका थिए । बीच बीचमा थुप्रै अभिनेत्रीको नाम पनि मुख्य भूमिकाका लागि चर्चामा आउने गरेको थियो । तर,अन्ततः १३ वर्षपछि यसले मूर्तरुप लिने भएको छ । महंगो बजेटको फिल्म नेट फ्लिक्सले निर्माण गर्न लागेको हो ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_2RPbFrQYhq_ca8s7eicjzmyibirosue9ednyaw8jqjkvldyt2gdcszsbxjjv5dxpcxcealr.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया