धमाधम डमीका टाउका काट्दै तालिवान

काबुल- अफगानिस्तानमा तालिवानले पसलहरुमा राखिएका डमीको धमाधम टाउका काट्न थालेको छ । डमीले मुस्लिम मुल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले गिँड्ने अभियान चलाएको छ ।
डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरुलाई तिनीहरुका टाउका काट्न निर्देशन दिएको छ । मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन् ।
डमी फाल्दा आफ्नो व्यवसायमा असर गरेको बिक्रेताले गुनासो गरेका छन् । मन्त्रालयका प्रमुख शेख अजिज उ रहमानले डमी हटाउन भन्दा टाउको काट्नु उपर्युक्त हुने बताएका छन् ।
सरकारको निर्देशनपछि कतिपय व्यापारीले भने डमीलाई कपडाले ढाक्न थालेका छन् । एउटा डमीको मुल्य ७० देखि १०० डलरसम्म पर्ने र त्यसको टाउको काट्दा आफूहरुलाई आर्थिक समस्या हुने व्यापारीले गुनासो गरेका छन् । एजेन्सी

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया