अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द

काठमाडाैँ- संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्।
आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै 'द हिल'ले जानकारी दिएको छ ।
'द हिल'का अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ ।
आइतबार र क्रिसमसको पूर्वसन्ध्यालगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू रद्द गरेका छन् फ्लाइटअवेयर तथ्यांकले जानकारी दिएको छ । एजेन्सी

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया