धान उत्पादन ९ प्रतिशतले घट्याे

काठमाडौं - कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७८/७९ मा धान उत्पादन झन्डै ९ प्रतिशतले घटेको जनाएको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा ८.७४ प्रतिशत कमी आएको जनाएको हो । विगत ५ वर्षमा भएका उत्पादनका अंकसँग तुलना गर्दा हालसम्मकै उत्पादन न्युन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा ५१ लाख ३० हजार ६ सय ४ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।
धान उत्पादनमा कमी हुनुको कारणमा कृषि मन्त्रालयले बेमौसमी वर्षालाई लिएको छ । असोज अन्तिम साता भएको वर्षाका कारण धानमा ठूलो क्षति पुर्याएको थियो । कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार चार लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ ।
पत्रकार सम्मेलनमा कृषि मन्त्री महिन्द्र राय यादवले धान उत्पादनमा कमी आउनुको कारणका बारेमा अध्ययन भइरहेको जानकारी दिए। किसानले उत्पादन गरेका बस्तुको बजारीकरणमा पनि समस्या देखिएको उनको भनाइ छ । उनले प्रत्याप्त मल भित्राउन सरकारले पहल गरेपनि सोचेजस्तो मल आपूर्तिको व्यवस्था गर्न नसकिएको जिकिर गरे ।
मन्त्रालयका अनुसार ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन भए नेपाल धानमा आत्मनिर्भर हुन्छ । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो ।

कृषिमा डिजिटल हस्तक्षेप : ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको …

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया