सहुलियत कर्जा रोकिएपछि एसएमइजमा १५% कर्जा लक्ष्य प्रभावित हुने

काठमाडौँ– तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले सहुलियत कर्जाका फाइल स्वीकृत गर्न छाडेपछि लघु, साना र मझौला उद्यममा २०८१ सम्म कुल कर्जाको १५ प्रतिशत कर्जा लगानी पुर्याउने सरकारको लक्ष्य प्रभावित हुने भएको छ ।
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले सरकारको समावेशी, फराकिलो र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने सरकारको नीतिलाई सहयोग गर्नेगरी २०८१ सम्म कुल ऋण पोर्टफोलियोको १५ प्रतिशत कर्जा लघु, साना र मझौला उद्यममा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो ।
गत वर्षको मौद्रिक नीतिले १ करोड रुपैयाँभन्दा कम आकारका कर्जा कुल पोर्टफोलियोको १५ प्रतिशत बनाउनुपपर्ने व्यवस्था गरेको छ ।
सोही अनुसार बैंकहरूले गत आर्थिक वर्षसम्म ११ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेमा केही बैंकहरूको लघु, साना र मझौला उद्यममा लगानी अत्यन्त न्यून छ । यस्ता उद्यममा कर्जा लगानी बढाउने प्रमुख उपायका रूपमा सहुलियत कर्जालाई लिइएको थियो ।
तर बैंकहरूले तरलता अभाव भन्दै सहुलियत कर्जा दिन छाडेका छन् । आर्थिक वर्ष २०७०–७१ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले युवाका लागि सहुलियत कृषि कर्जा कार्यक्रम शुरु गरेका थिए । यसलाई विस्तार गरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ ले विभिन्न १० क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ ।
सरकारले सहुलियत कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने नीति अनुसार त्यसभन्दा माथिको बैंकको ब्याजदर सरकारी कोषबाट व्यहोर्ने व्यवस्था गरेको छ ।
उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, स्वरोजगार र उद्यमशीलता बढाउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो चार महिना (साउन–कात्तिक)सम्म २ खर्ब पाँच अर्ब रुपैयाँ कर्जा परिचालन गरेको भएपनि साउनयता जम्मा ४३ अर्ब ५८ करोड रुपैयाँ सहुलियत कर्जा गएको छ । सहुलियत कर्जामा सबैभन्दा ठूलो हिस्सा कृषि तथा पशुपंक्षी कर्जामा गएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गएको असार मसान्तसम्म औसतमा ११ प्रतिशत कर्जा लघु, साना र मझौला उद्यममा प्रवाह भएको छ । तर सरकारी स्वामित्वका बैंकहरूले प्रवाह गरेको कर्जाको आकार तोकिएको भन्दा उच्च भएकाले औसतमा उक्त उपलब्धि हासिल हुन सक्ने देखिन्छ । यद्यपि केही बैंकहरूको एमएसएमईजमा प्रवाह भएको कर्जा अत्यन्त न्यून रहेको छ ।
गत असार मसान्तसम्म समग्रमा २७ वाणिज्य बैंकले प्रवाह गरेको कर्जा हेर्दा कुल ३६ खर्ब ९३ अर्ब रुपैयाँमध्ये ११.०९ प्रतिशत एमएसएमईजमा प्रवाह भएको छ । यो भनेको चार खर्ब ९ अर्ब रुपैयाँ लघु, साना र घरेलु उद्योगमा कर्जा प्रवाह भएको छ ।
त्यसमध्ये अधिकांश हिस्सा सरकारी बैंकहरूले प्रवाह गरेको कर्जा हो । नेपाल बैंकले कुल कर्जा पोर्टफोलियो एक खर्ब ४१ अर्ब रुपैयाँमध्ये ३६.८४ प्रतिशत कर्जा अर्थात् ५१ अर्ब ९७ करोड रुपैयाँ लघु, साना र मझौला उद्यममा प्रवाह गरेको छ ।
सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुल ७१ अर्ब ४७ करोड रुपैयाँको ऋण पोर्टफोलियोमध्ये १.०५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँमात्र एमएसएमईज क्षेत्रमा प्रवाह भएको छ ।
सरकारी बैंकहरू नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको कुल कर्जा पोर्टफोलियोको २८.७३ प्रतिशत कर्जा लघु, साना र मझौला उद्यममा गएको छ भने बाँकी बैंकहरूले कुल कर्जाको ८.५५ प्रतिशत मात्र लघु, साना र मझौला उद्यममा कर्जा प्रवाह गरेका छन् ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया