टोकियोमा स्वास्थ्य संकटकाल लगाउन गभर्नरको आग्रह

टोकियो : टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोना भाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड-१९ सङक्रमितको संख्यामा अत्यधिक वृध्दि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति मागेका हुन् ।
गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन् । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए ।
जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड-१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएका छन् ।
“टोकियो र तीन छिमेकी प्रान्तहरूमा भएको सङ्क्रमणपछि चिकित्सा प्रणालीको अवस्थालाई ध्यानमा राख्दै हामीले विभिन्न समूहले गरेको आन्दोलनलाई तुरुन्त र पूर्ण रूपले रोक्न आवश्यक भएको निश्कर्षमा पुगेका छौँ,” उनले भने ।
सङ्क्रमणका घटनामा वृध्दि जारी रहेमा आपतकालिन अवस्था आवश्यक पर्न सक्छ, सरकारले अवस्थालाई गम्भीर ठानेको र अनुरोधमा छलफल गर्ने बताएका थिए ।
बिहीबार टोकियोमा एक हजार ३०० भन्दा बढी थप सङ्क्रमित भएपछि र देशभर पनि सङ्क्रमण दर उच्च देखिएपछि स्वास्थ्य संकटकालका लागि छलफल सुरु भएको हो । जापानमा अहिलेसम्म दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित बनेका छन् भने तीन हजार ४६० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । (रासस)

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया