चिनियाँ राष्ट्रपति सी भन्छन् : विश्वका सारा जनता एकै परिवार

बेइजिङ : सन् २०२० मानवका लागि एक असामान्य वर्ष बनेको छ । आकस्मिक रूपमा देखापरेको कोभिड-१९ का कारण सारा संसारले कठिनाइको सामना गरिरहेको छ ।
यसै कठिनाइबाट पनि उत्साह भेट्न सकिने र कठिनाइबाटै उपलब्धि हासिल गर्नसकिने कुरा चीनले यस कोभिड-१९ को रोकथाम र नियन्त्रण गरेर प्रमाणित गरिसकेको छ । यसै बीच चीनका राष्ट्रपति सी चिनफिङले नव वर्ष २०२१ को अवसरमा देशबासी तथा सारा विश्वलाई शुभकामना व्यक्त गर्दै महामारीको नकारात्मक असरको सामना गर्दै कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्नुका साथै आर्थिक उपलब्धि हासिल गरेको बताएका छन् ।
साथै उनले संयुक्त रूपमा कठिनाइको सामना गर्ने क्रममा चीनका विभिन्न क्षेत्रमा कार्यरत् मानिसहरू र विभिन्न उमेरका मानिसहरूले महामारीविरूद्ध गरेको कार्यवहन, बलिदान र युद्धमा देखाएको उत्साहबाट चिनियाँहरूमा महामारीविरूद्ध बलियो भावनात्मक सम्बन्ध देखिएको बताएका छन् ।
जनतालाई पहिलो प्राथमिकता सो वचन बमोजिम चीनले ऐक्यबद्ध भइ महामारीविरूद्ध जीतको इतिहास कोर्न सफल भएको छ । चिनियाँ राष्ट्रपति सीले भने, महानता सामान्यबाट सुरू हुन्छ, आमव्यक्ति बहादुर हुन्छ । चीनको महामारीविरूद्धको युद्धमा हरेक मानिस महान् छन् । सबै बहादुरलाई आदर व्यक्त गर्दछु । महान मातृभूमि र जनताप्रति मलाई गौरव लाग्छ । उनले कोभिड-१९ बाट सङ्क्रमित भइ मृत्यु भएकाहरूप्रति समवेदना पनि व्यक्त गरे ।
उनले आफ्नो शुभकामना सन्देशमा सन् २०२१ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौँ वार्षिकोत्सव भएको भन्दै स-साना राता डुँगाहरूमा बसेका चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले खतरनाक प्रवाहमा अघि बढ्दै ती स-साना डुँगाहरूलाई विशाल जहाजमा परिणत गरेको पनि औंल्याए ।
हाल चीन दुई शताब्दी लक्ष्य साकार तुल्याउने ऐतिहासिक घडीमा उभिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्षको उपलक्ष्यमा ग्राहस्थ अर्थतन्त्र थप सुदृढ गर्ने तथा नयाँ चीन स्थापनाको एक सय वर्षको अवसरमा समृद्ध, शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माणको यात्रामा छ ।
यसै गरी उनले विश्वलाई सम्बोधन गर्दै विश्वका सारा जनता एकै परिवार भएको औंल्याउँदै विगत एक वर्षमा प्रभावकारी ढंगमा महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय जगत्का नयाँ पुराना साथीहरूसँग धेरै पटक अनलाइनमार्फत भलाकुसारी गरेको पनि बताए । विगत एक वर्षको कठिनाइले हामी मानवजातिको संयुक्त भाग्य समुदायको गहन तथा वास्तविक अर्थबारे पहिलेभन्दा अझ स्पष्ट भएका छौं, उनले भने ।
साथै सन् २०२० मा चीनले सम्पन्न समाजको निर्माण लक्ष्यलाई पूरा गरेको छ । सन् २०२० मा चीन गरिबीमुक्त देश बन्न सफल भएको छ । उनले आफ्नो सम्बोधनमा चीनका १४ वटा अति गरिब क्षेत्रहरू पुगेको पनि स्मरण गरेका छन् ।
उनले भने, बितेका वर्षहरूमा म चीनका १४ वटा अति गरिब क्षेत्रहरू पुगेको छु । त्यहाँका किसानहरूको अथक प्रयास, गरिबी निवारण क्षेत्रमा कार्यरत् कार्यकर्ताहरूको निस्वार्थ योगदानका दृश्यहरू बारम्बार मेरो मानसपटलमा आउने गर्छन् । हामीले अति गरिबीमा रहेका नागरिकको जीवनस्तर उकास्न कठिनभन्दा कठिन कार्य सम्पन्न गरेका छौं ।
सन् २०२० मा चीनको कुल राष्ट्रिय ग्राहस्थ उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ यूआन पुग्ने अनुमान छ । साथै चीनले २०२० मा चन्द्रमा अन्वेषणमा पनि इतिहास बनाएको छ ।

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया