ओमिक्रोन र डेल्टा भेरियन्टले विश्वमा संक्रमितकाे सुनामी ल्याउँछ– डब्लुएचओ

काठमाडाैँ- डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताएका छन् ।
युरोप र अमेरिकामा बढ्दो मात्रामा कोभिडका नयाँ सङ्क्रमित देखापरिरहँदा डा टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको छ । डा टेड्रोसले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् ।
कोभिडको सुनामीले स्वास्थ्य सेवा प्रणालीलाई धम्की दिने खतरा छ, ओमिक्रोन भेरियन्टले गरेको रेकर्ड वृद्धिले विश्वभर नयाँ वर्षको उत्सवलाई फेरि एकपटक धमिलो पारेको डब्ल्यूएचओले बुधबार जनाएको छ ।
अध्ययनले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको बताएको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनलाई लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन् ।
विश्वभरका लाखौँ व्यक्तिले फेरि महामारीबीच नै नयाँ वर्षलाई स्वागत गर्नेछन् । यस महामारीको कारण अहिलेसम्म ५४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । कैयाैँ देशमा चाडपर्व ओझेलमा पर्नुको साथै रद्द गरिएको छ ।
ग्रीसले बुधबार बार र रेस्टुरेन्टमा नयाँ वर्षको पूर्वसन्ध्या पार्टी सीमित गर्नको लागि संगीत प्रतिबन्धित गरेको छ । सार्वजनिक कार्यक्रम पहिले नै रद्द गरिसकेका छन् । मेक्सिकोमा कोरोनाका सङ्क्रमण बढ्दै गएपछि राजधानीका मेयरले नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव रद्द गरेका छन्। रासस

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया