'सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय छैन'

काठमाडौं : संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव दर्ता समयका विषयमा सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले स्पष्टिकरण दिएको छ । शुक्रबार प्रेस नोट जारी गर्दै प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको स्पष्टिकरण दिएका छन् ।
सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्नसमेत न्यौपानेले आग्रह गरेका हुन्।
'सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो', प्रेस नोटमा भनिएको छ',तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।'
प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासमा दर्ता समय विवाद छ । सभामुख सापकोटाको तर्फबाट साढे १० गजे अविश्वास दर्ता भएको दाबी भइरहेको छ भने संसद् सचिवालयका तर्फबाट साढे तीन बजे दर्ता भएको दाबी छ ।

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

सदनमा ठूला–साना सबै दल सबैको भूमिका बराबर छः अध्यक्ष लिङ्देन

बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

प्रतिक्रिया