गान्धीलाई गाली गर्ने र गोड्सेलाई स्यालुट ठाेक्ने कालीचरणविरुद्ध मुद्दा

काठमाडाैँ- भारतमा महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्राउ परेका एक हिन्दुवादी नेतामाथि प्रहरी मुद्दा चलाएको छ । सन्त कालीचरण महाराजलाई बिहीबार चलाएको हो ।
अभिव्यक्तिमार्फत समुदायहरुबीच दुश्मनी प्रबर्द्धन गरेको कालीचरणमाथि आरोप लागेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कालीचरणले भनेका छन्, ‘मोहनदास करमचन्द गान्धीले देश ध्वस्त पारेका थिए । गान्धीका हत्यारा नाथुराम गोड्सेलाई स्यालुट छ ।’
रायपुरमा धर्म ससंदलाई सम्बोधन गर्दै उनले मुस्लिमहरूलाई पनि होच्याएका थिए । मुस्लिमको उद्देश्य राजनीतिमार्फत देश कब्जा गर्नु भएको उनको भनाइ थियो । हिन्दु धर्म रक्षाका लागि कट्टर हिन्दुवादी नेताहरूलाई निर्वाचित गर्न उनले माग गरेका थिए ।
यसैबीच, महाराष्ट्रमा सत्तारुढ कंग्रेसको राज्य एकाइका अध्यक्ष मोहन मार्कमले कालीचरणलाई राज्यद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन् ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया