चीनमा ३८ दिनको शिशुलाई कोभिड, 'हटस्पट' बन्यो सियान सहर

काठमाडाैँ- चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो ।
पछिल्लो २४ घन्टामा सियानमा एकैदिन १७५ जनामा कोभिड देखिएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सियान सहरमा संक्रमित हुनेहरुमध्ये ३८ दिनका शिशु सबैभन्दा कम उमेरका हुन् । त्यस्तै, ८५ वर्षीय एक वृद्धा पनि संक्रमित भएका छन् ।
सियानमा लगातार तेस्रो दिन एक सय भन्दाबढी संक्रमित भेटिएका छन् । संक्रमण बढेसँगै सियान सहरमा यात्रा प्रतिबन्ध लगाइएको छ भने कोभिड परीक्षण तीव्र पारिएको छ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया