बेलायतमा कोभिड संक्रमण सुरु भएपछिकै बढी संक्रमित

लन्डन - बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ । यहाँ गएको २४ घन्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन् ।
उनीहरूका अनुसार सोमबार यहाँ सोमबार कोरोनाका कारण १८ जनाको ज्यान गएको बताएका छन् । यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।
यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया