जोर्डनको संसद् भवनमा सांसदहरूबीच कुटाकुट (भिडियोसहित)

अम्मान - जोर्डनको संसद्मा सांसदहरूबीच कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरूबीच संसद्भित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।
संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए ।
संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरूबीच चर्काचर्की भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसदमा सांसदहरूबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ संसदा सदस्य खालिल आतियहले भने ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया