भैरहवा विमानस्थलको टर्मिनल चित्तबुझ्दो छैन : माधव नेपाल
काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य माधवकुमार नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्तबुझ्दो नरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा भएको उक्त समितिको बैठकमा बोल्दै नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्तबुझ्दो नरहेको बताएका हुन् । उनले विमानस्थल डिजाइनर, कम्पनी, इन्जिनियर र डिजाइन स्वीकार गर्ने पदाधिकारीको नामसमेत उपलब्ध गराउन आग्रह गरे । सदस्य नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटीहरु भएको भन्दै सुधार्न प्रयास गर्नुपर्ने बताए ।
उनले निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनु पर्छ भनेको धेरै वर्ष भइसकेकोले अहिलेसम्म कसले बनाउन रोक्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था आएको बताए ।
नेपालले भने, ‘भैरहवा विमानस्थलको टर्मिनल जुन बनेको छ, त्यो चित्तबुझ्दो छैन । अनि जो जुन भवनको डिजाइन तयार भयो, त्यो डिजाइनर को हो ? त्यसको नाम चाहियो । कम्पनी, इन्जिनियर ? त्यसलाई स्वीकार गर्ने पदाधिकारी को हुन् । त्यो नाम चाहियो । मन्त्री को थिए ? प्रधानमन्त्री को थिए ? त्यो पनि चाहियो । अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटीहरु भएका छन्, त्यो सुधार्ने काम होस् । निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनु पर्छ भनेको धेरै वर्ष भइसक्यो, यो ढिला गर्ने मान्छे को को हुन् ? किन ढिला गर्न खोजेको ? यो राज्यको गम्भीर चिन्त र चासोको विषय भइरहेको छ । कसले रोकेको छ ? मैले स्मार्ट सिटी पनि त्यहाँ जोडिएको छ भन्ने सुनेँ, स्मार्ट सिटीसँग विमानस्थल जोडिँदैन, कामै रोकिदिने अर्को डिजाइन भनेर ? के हो यो ?’

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया