मोदी सरकारले किन गर्यो मदर टेरेसाको चेरिटीको बैंक अकाउन्ट बन्द ?
काठमाडौँ - भारत सरकारले मोदर टेरेसाको पश्चिम वंगालस्थित मिसिनरिज अफ चेरिटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरुले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरुलाई विथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दूबादी विशेषगरी मोदीको उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियनविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुबरीमा उत्तर प्रदेशमा विधान सभा निर्वाचन हुँदैछ ।
दान दिने नाममा मिसिनरिज अफ चेरिटीले धार्मिक कार्यक्रम सञ्चालन गरेर गरीब हिन्दु तथा अल्पसंख्यक जनजातिलाई पैसा र निःशुल्क शिक्षा तथा आवास प्रदान गरेको भन्दै मोदीको भारतीय जनता पार्टी (भाजपा)ले चेरिटीको विरोध गर्दै आएको छ ।
इजाजत नविकरणका लागि चेरिटीले गरेको निवेदन अस्वीकार गरिएको गृहमन्त्रालयले जनाएको छ । इजाजत नविकरण नभए चेरिटीले विदेशवाट कानुनी रुपमा रकम निकास गर्न सक्दैन् । चेरिटीको निवेदन नविकरणलाई मनन गर्दा ‘प्रतिकूल परिणाम’ देखिएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले प्रष्ट रुपमा उल्लेख गरेको छैन् ।
ममता बनर्जीको विरोध
मदर टेरेसाको मिसिनरिज अफ चेरिटीको बैंक अकाउन्ट बन्दको खबरले आफू चकित परेको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छिन् । ‘अकाउन्ट बन्द हुँदा २२ हजार बिरामी र कर्मचारी खाना र औषधीबाट बन्चित भएका छन् । मानवीय प्रयत्नसँग कुनै पनि सम्झौता गर्न सकिदैन्,’ मोदी सरकारको प्रमुख आलोचकसमेत रहेकी बनर्जीले ट्विट गरेकी छिन् ।एजेन्सी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया