एक महिने रानीपोखरी सरसफाई अभियान सुरु

काठमाडौँ- विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका हुन् ।
रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए ।
उनले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिएपनि त्यो अनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरु सफा गर्न लागिएको बताए ।
अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीन पटक फोहोर नगरौँ एक महिने अभियान सुरु गरेको बताए ।
विश्व सरसफाई अभियन्ता मानवले भने, ‘काठमाडौं भ्यालीलाई २०१५ सालदेखि यो ठाउँमा नगरपालिका बनेदेखि सफाईको जिम्मेवारी महानगरपालिकाले पाएको हो । त्यसबेलादेखि अहिलेसम्म काठमाडौं सफा भएको छैन । त्यसकारण यसलाई हामी सबैले यो हाम्रो मेथर्डलाई अब चेन्ज गर्नुपर्छ । मूल्यांकन गरौँ । भन्ने सोचका साथ २०६७ भाद्रबाट विश्वका र नेपालको विभिन्न फोहोर शहरहरु बढारेर हिँडेका छौँ । हामी पुस ४ गतेदेखि माघ ४ गते एकमहिनासम्म काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा बिहान ६ देखि ९ बजेसम्म र १२ जनासम्मले बढार्ने र त्यसपछि फेरि ११ देखि ४ बजेसम्म फोहोर नगरौँ अभियान शुरु गरेका हौँ । त्यसपछि फेरि राति ८ देखि ११ बजेसम्म रानीपोखरी, जमलको वरिपरीका बाटो र पेटीमा दिनको तीन पटक सफा गर्ने अभियान शुरु गरेका छौँ ।’
अभियन्ता मानवले काठमाडौं यति धेरै अव्यवस्थित र फोहोरी कसरी भयो भन्ने बारेमा छलफल गरेर सरसफाईका कार्यक्रमलाई अघि बढाउनु पर्ने बताए ।
यता काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ । केहि साना संरचनाको निर्माणको काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ । रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ ।
रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वार सँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ । यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया