भारतको बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट, ६ जनाको मृत्यु

एजेन्सी - पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएको थियो । "उद्धार प्रयासहरू भइरहेका छन् र भग्नावशेषमा हराइरहेकाको खोजी तिँर बनाइएको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन् ।
विष्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको छ र अनुसन्धान भइरहेको छ । विष्फोट यति भीषण थियो कि यस क्षेत्रको छेउछाउका कारखानाका टेरेसमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । विष्फोटले इलाकामा आतङ्क मच्चाएको र स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्केका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया