शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

माओवादी केन्द्रको महाधिवेशन : देउवा, नेपाल, यादवसहितका नेता प्रज्ञा भवनमा

काठमाडौँ -  नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । सो महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाहीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवन पुगेका छन् ।आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।