ब्राजिलमा एकैदिन काेभिडबाट १६४ को मृत्यु
काठमाडौँ - ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र काेभिडका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा काेभिडको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ ।
भाइरसको सङ्क्रमण सुरु भएयता ६ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ २ करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको संख्या बढेको छ तर सङ्क्रमण पनि बढेको पाइएको छ ।
यहाँका ६८ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । ब्राजिल विश्वमै कोरोना भाइरसका कारण सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा अमेरिकापछि दोस्रोमा पर्दछ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिकी नागरिकको ज्यान गएको छ । एजेन्सी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया