तालिवानले गर्यो अफगानिस्तानको निर्वाचन आयोग विघटन

काठमाडौँ - तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो ।
‘आयोगको अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई ब्युँउताउन आवश्यक छ । ’
पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् ।
देशमा स्वतन्त्र र निस्क्ष निर्वाचन गर्ने उद्देश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया