म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला

काठमाडौँ - म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएकाे छ । मृत्यु हुनेहरुमा महिला, वृद्धवृद्धा र बालबालिकासमेत रहेको स्थानीय बसिन्दा र मानवअधिकारबादी समूहले जनाएका छन् । म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ ।
‘हामीले अमानवीय र पाशविक हत्याको कडा शब्दमा निन्दा गर्छौं, पछिल्लो घटनाले मानवअधिकारको गम्भीर उल्लंघन भएको देखिन्छ, ’ समूहले भनेको छ ।
सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यानमारको सेनाले जनाएको छ । ती व्यक्तिहरुलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
स्थानीय र मानवअधिकारवादी समूहले सार्वजनिक गरेको तस्विरमा आधाभन्दा बढी जलेका ३० वटा शव देखिन्छन् । जलाइएको शव आफ्ना कार्यकर्ताहरुको नभएको कारेन्नी नेसनल डिफेन्स फोर्सले जनाएको छ । सो फोर्सले म्यानमारको जुन्ता सरकारको विरोध गदैै आएको छ ।
‘आधा जलेको शवको थुप्रो देख्दा हामी आश्चर्य परेका छौं,’ फौजका एक कमान्डरले भने । एजेन्सी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया