हायतको र्याम्पमा सेलिब्रेटी र मोडलको फेसन सो

काठमाडौँ - बौद्धस्थित हायत रिजेन्सी होटल शुक्रबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे १०’ नाम फेसन सोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए ।
पुसको चिसो मौसमलाई चुनौती दिँदै झिलिमिलि सजावटसहित आयोजना भएको ‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।
आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गरेको फेसन सोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिरपाइली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता कार्की सो टपरको रुपमा रहेका थिए ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन सो यस वर्ष पनि भब्य रुपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निसा अधिकारी, क्रिकेटर शरद भेस्वाकर लगायत थुप्रै सेलिब्रेटीको समेत उपस्थिति रहेको फेसन सोमा प्रशान्त ताम्राकारको कोरियोग्राफी र पुर्व मिस नेपाल माल्भिका सुब्बाको संचालन रहेको थियो ।
फेसन सो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया