नयाँ स्वरुपमा फेसियल हाउस, भवानी र पूजाले काटे केक

काठमाडौँ- विगत १४ बर्षदेखि लोेकप्रियता हासिल गर्दै संचालन भैरहेकोे ‘फेसियल हाउस’ले आफ्नोे बार्षिकोेत्सव सम्पन्न गरेको छ । नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौैथो तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा शनिबार भव्यताका साथ बार्षिकोेत्सव सम्पन्न गरिएकोे होे ।
बार्षिकोेत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नायिका पूजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराच पुगेका थिए । उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए ।
नायिका पूजा शर्माले भनिन्–‘म नायिका बन्नु अगाडिदेखि नै फेसियल हाउसमा आइरहेकी छु । यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ ।’
यस्तै, व्यवसायी भवानी राणाले सुष्मा महराकोे मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ वर्षदेखि अगाडि बढिरहेकोे बताइन् ।
फेसियल हाउसकी संचालक सुष्मा महराले विगत १४ वर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा संचालनमा छन् ।
फेसियल हाउसलाई नयाँ डिजाइनमा ढालेपछि सुष्माले भनिन्–‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं । अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं ।’
बजारमा ब्युटी पार्लरकोे प्रतिस्पर्धा बढ्दैै गएपनि आफूहरुले ग्राहककोे विश्वास जितेकाले खासै फरक नपरेकोे उनको भनाइ थियो । कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया