सेयर बजारमा नयाँ कीर्तिमानी
नेप्से २५ अंकले बढेर २०८७.२७ बिन्दुमा, साल्ट ट्रेडिङ ५७१ अंकले बढ्यो

काठमाडौं : सेयर बजार सूचक नेप्सेले साताको अन्तिम दिन विहीबार आफ्नो पुरानो कीर्तिमान तोडेको छ । बिहीबार नेप्से २५.२१ अंकले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको हो । मंसिर १७ मा नेप्सेले कायम गरेको कीर्तिमान तोडिएको हो । त्यतिबेलामा नेप्से २०७१.०३ मा पुगेर रोकिएको थियो ।
विहीबारकै अन्तरदिवसीय (इन्ट्रा-डे) व्यापारमा नेप्से सूचकांक २११२.५९ अंक पार गरे पनि बजार बन्द हुँदा २०८७.२७ कायम भएको हो । बिहीबार बजारलाई बढाउन साल्ट ट्रेडिङ, लक्ष्मी बैंक, एभरेष्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट, एसबीआइ बैंकले ठूलो सहयोग गरे ।
साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता ६ हजार २ सय ८१ रुपैयाँ कायम भएको छ । साल्टको सेयर पाँच सय ७१ अंकले बढेको हो ।
लक्ष्मी बैंक, एभरेष्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट, एसबीआइ बैंक लगायतका कम्पनीहरूको सेयरमा वृद्धि भएको छ ।
एक सातापछि लयमा फर्कियो कारोबार
सेयर बजारमा कारोबारमा पनि वृद्धि भएको छ । विहीबार ५ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
गत साता विहीबारदेखि सेयर बजारमा कारोबार घट्न थालेको थियो । ६ अर्ब ८६ करोड रुपैयाँसम्म पुगेको कारोबार विहीबारदेखि निरन्तर ओरालो लागेको थियो । मंगलबार त कारोबार घटेर ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको थियो ।
'ईन्ट्रा डे हाइ' नजिक पुगेर झर्यो
विहीबार नेप्से ईन्ट्रा डे हाइ विन्दुको नजिक पुगेर झरेको थियो । सुरुवाती कारोबार दिउँसो १२:४१ मा २११२.५९ विन्दुमा पुगेको थियो ।
मंसिरमा २९ मा नेप्से परिसूचक ५६.७२ अंक अर्थात २.८२ प्रतिशत बढेर २०६७.१७ बिन्दुमा बन्द भएको थियो। यो ‘अलटाइम हाइ क्लोजिङ्ग’ भन्दा ४ अंक तल हो। यस अघि गत मंसिर १७ गते नेप्से २०७१.०३ विन्दुमा बन्द भएको थियो। जुन हालसम्मकै उच्च बन्द बिन्दु हो । यद्यपि, नेप्से त्यसपछिको कारोबार दिन अर्थात मंसिर १८ गते २११८.६८ बिन्दुसम्म पुगी २०५५.४६ विन्दु झरेर बन्द भएको थियो। सो २११८.६८ विन्दु हालसम्मकै उच्च ‘इन्ट्रा डे हाइ’ विन्दु हो ।
कारोबारमा आएका १२ समूहका परिसूचक मध्ये निर्जिवन बीमा बाहेक सबै परिसूचक बढेको छ । निर्जिवन बीमा ९६.४३ अंकले घटेको छ ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया