भारतको उच्च अदालतले भन्यो- ओमिक्रोन भेरियन्ट बढेकाले विधान सभा निर्वाचन स्थगित गर्नू
उत्तर प्रदेश- इलाहवाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक वैठक र ह्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधान सभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो ।
आगामी फेब्रुबरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो । कोभिड संक्रमण र मृत्युका घटना बढेको र तेस्रो लहर ढोकैमा आएको भन्दै उच्च अदालतले निर्वाचन रोक्न अनुरोध गरेको हो ।
२३ डिसेम्बरमा परेको उजुरीबारे सुनुवाई गर्दै न्यायाधीश शेखर कुमार यादबले निर्वाचनका सम्पूर्ण ह्याली र सार्वजनिक कार्यक्रम बन्द गर्न अनुरोध गरेका हुन् । न्यायाधीश यादबले ह्याली र भिडभाडभन्दा पनि पत्रपत्रिका र टेलिभिजनका माध्यमबाट प्रचार गर्न राजनीतिक दलहरलाई अनुरोध गरेका छन् । एजेन्सी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया