राष्ट्रसंघद्धारा यमनलाई दिँदै आएको सहयोग कटौती

साना- संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।
“द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,” डब्लुएफपीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदा हुदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाई छ ।यमनमा साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही पक्षका बीचमा सन् २०१४ देखि गृहयुद्ध चलिरहेको छ ।
द्वन्द्वका कारण ठूलो जनधनको क्षति भएको छ भने खाद्य संकट पनि उत्पन्न हुने गरेको छ । देशका आधारभूत आवश्यकताका लागि पनि विदेशी सहयोगको भर पर्नु पर्ने अवस्था रहेको छ । (एएफपी)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया