लिबियामा राष्ट्रपतिको निर्वाचन जनवरीमा सार्ने प्रस्ताव

त्रिपोली, लिबिया- लिबियाको राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव गरेको छ ।
यही शुक्रबारका लागि तय गरिएको निर्वाचनलाई स्वास्थ्य सङ्कटलगायतका कारण देखाउँदै जनवरी २४ मा गर्नेगरी आयोगले प्रस्ताव गरेको छ ।
राष्ट्रपति निर्वाचनसम्बन्धी कानुनबमोजिम आयोगले मतदानको दिन स्थगनको घोषणा गर्नसक्छ ।
आयोगको आग्रहअनुसार लिबियाली संसद्ले ३० दिनभित्र नयाँ मिति तय गर्नसक्ने संवैधानिक प्रावधान छ । आयोगले संसद्सँग परामर्श गरेपछि पहिलो चरणको निर्वाचनलाई सन् २०२२ को जनवरी २४ का लागि प्रस्ताव गरेको रूसी समाचार संस्था स्पुत्निकले लिबियाली अधिकारीलाई उद्धृत गरी जनाएको छ । (एएनआई)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया