अमेरिकामा पहिलो ओमिक्रोन संक्रमितको मृत्यु
काठमाडौँ - ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएका छन् ।
'ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको संक्रमणबाट मृत्यु भएको,' ह्यारिस काउन्टी न्यायाधीश लीना हिडाल्गोले ट्विट गरेकी छिन् ।
एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन-सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् । डिसेम्बर १८ सम्ममा देशभरका नयाँ संक्रमित केसहरूमा ७३.३ प्रतिशत ओमिक्रोनले ओगटेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूले सोमबार जनाएका छन्। रासस

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया