टर्कीमा अवैध मदिराविरुद्धको अभियान शुरु
अंकारा- टर्कीमा विषाक्त रक्सीका कारण थुप्रै व्यक्तिको मृत्यु भएपछि टर्की प्रहरीले अवैध र बुटलेग रक्सी विरुद्ध सोमबार नयाँ राष्ट्रव्यापी अभियान शुरु गरेको छ । टर्की गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रहरीले ८१ प्रान्तहरूमा अवैध र बुटलेग रक्सी विरुद्ध "विष २" अपरेसन शुरु गरेको छ जुन गत हप्तादेखि जारी दोस्रो राष्ट्रव्यापी अभियान हो ।
"पोइजन" र पोइजन २" अपरेसनमा १०० भन्दा बढी संदिग्धलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ । अवैध रक्सी सेवनबाट पछिल्लो १० दिनमा ४५ जनाको मृत्यु भएपछि बुटलेग मदिरा देशमा गम्भीर चिन्ताको विषय बनेको छ । गत वर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो । (सिन्ह्वा)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया