विकास बैंक र होटल समूहबाहेक सबै समूहका परिसूचकमा हरियाली

काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ४९.१७ अंक अर्थात् २.४४ प्रतिशतले बढेर २,०६२.०६ बिन्दूमा पुगेको छ । यो साता आइतबार र मंगलबार सेयर बजार करेक्सन भयो भने सोमबार र बुधबार (आज) बजार बढेको छ ।
धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन शुक्रबार घटाएपछि ब्रोकहरूले अस्वभाविक प्रतिक्रिया जनाए । जसको कारण आइतबार बजार ३९.९ अंकले घटेको थियो । त्यसयता कारोबार रकम र कारोबार संख्यामा उल्लेख्य कमी आएकोमा बुधबार त्यो क्रम सुधार भएको छ । बुधबार होटल र विकास बैंक समूह बाहेक सबै समूहका परिसूचकमा हरियाली छाएको छ । कारोबार रकम र कारोबार संख्या पनि बढेको छ ।
आज साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । आज एकै दिन साल्ट ट्रेडिङको सेयर मूल्य एकै दिन ५१९ रुपैयाँले बढेर ५,७१० रुपैयाँ पुगेको छ । यसबाहेक नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, एभरेष्ट बैंक लिमिटेड, मल्टिपर्पोस फाइनान्स, शिवम् सिमेन्ट लगायतको सेयर मूल्य बढेको छ ।
ब्रोकरको कमिसन घटेपछि लगानीकर्ता उत्साहीत भएर सेयर किनबेच बढ्ने अनुमान गरिएकोमा अस्वभाविक रूपमा कारोबार संख्या नै घटेको थियो । बुधबार भने कारोबार रकम र कारोबार संख्या पनि बढेको छ ।
बुधबार नेप्सेमा २०८ कम्पनीका ४ अअर्ब ४४ करोड ६२ लाख रुपैयाँ मूल्यका ९९ लाख १० हजार तीन कित्ता सेयर ३९ हजार नौ सय ३५ वटा कारोबारमार्फत् किनबेच भएको छ ।
मिति |
नेप्से परिसूचक |
कारोबार |
पुस १, बुधबार |
२०५५.२२ |
५ अर्ब १४ करोड |
पुस २, बिहीबार |
२०३२.५१ |
६ अर्ब ७६ करोड |
पुस ५, आइतबार |
१९३५.६३ |
९ अर्ब ४ करोड |
पुस ६, सोमबार |
१९६५.९६ |
६ अर्ब ६९ करोड |
पुस ७, मंगलबार |
२०६१.४१ |
६ अर्ब ७४ करोड |
पुस ८, बुधबार |
२०६८.५६ |
६ अर्ब ८६ करोड |
पुस ९, बिहीवार |
२०३८.६३ |
५ अर्ब ३६ करोड |
पुस १२, आइतबार |
१९९८.६५ |
४ अर्ब ५९ करोड |
पुस १३, सोमबार |
२०१२.८९ |
४ अर्ब ९ करोड |
पुस १४, मंगलबार |
२००७.२९ |
३ अर्ब ८५ करोड |
पुस १५, बुधबार |
२,०६२.०६ |
४ अर्ब ४५ करोड |

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया