संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ

मुगु - जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् । कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई तीनदेखि नौ महिना र १५ देखि २५ हजार नगदसहित दुवै सँजाय हुने वन अधिकृत भरत बुढ्थापाले बताए । पक्राउ परेको पंक्षी पोथी डाँफे रहेको छ भने यसको तौल करिब दुई किलो ग्राम छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया