माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण

लमजुङ - यहाँस्थित माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो ।
आयोजनाका प्राविधिक सोम तामाङकाअनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ । उनले भने, 'उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग पत्राचार भइसकेको छ । सिभिल संरचना तथा जडान भएका उपकरणकोे हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको हो ।'
निर्माण सुरु गरेको चार वर्षमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले विसं २०७६ जेठभित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि कोभिड महामारी र सडकका कारण ढुवानीमा समस्या भएकाले निर्माण अवधिमै सम्पन्न हुन नसकेको बताइएको छ । विसं २०७४ देखि आयोजनाको निर्माण अघि बढेको थियो । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने प्राविधिक तामाङले जानकारी दिए ।
आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । त्यस्तै हिउँदमा २.८६८ र वर्खायाममा ११.७४८ गिगावाट घण्टा विद्युत् उत्पादन आयोजनाले जनाएको छ । आयोजना ५० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अपर स्यांगे हाइड्रोपावर लिमिटेडले जनाएको छ । रासस

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया