दुर्लभ जिउँदो सालकसहित पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका ३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका ६ लिफ्टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामीलाई ३ किलो तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मरुछासपाखास्थित थामीको डेराबाट करिब १ करोड १० लाख रुपैयाँमा बिक्री गर्ने उद्देश्यले लिई आएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया