मिर्गौला पीडितको उपचारमा आठ लाख सहयोग
कास्की - लामो समयदेखि दुवै मिर्गौलामा समस्या आएर उपचाररत मादी गाउँपालिका–७ का कृष्ण गुरुङलाई थप उपचारका लागि आर्थिक सहयोग उपलव्ध गराइएको छ । सोही वडाको थाक गाउँका चेली हाल हङकङ निवासी सामाजिक अभियानकर्मी नानी कमला गुरुङको पहलमा सङ्कलित रु आठ लाख ६५ हजार २८० पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । शिक्षासेवी लक्ष्मी गुरुङ र अभियानकर्मी मनु गुरुङले सो रकम पीडित परिवारलाई हस्तान्तरण गरे ।
‘कृष्ण गुरुङ बचाउ अभियान’ का कोषाध्यक्ष दुर्गाबहादुर गुरुङले बिरामीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु भएको बताए । कमजोर आर्थिक अवस्थाका कारण सहयोगी मनबाट स्वदेश तथा विदेशमा सहयोग रकम जुटाएर उपचारमा सहयोग गर्ने योजनाअनुसार हालसम्म रु १८ लाख सङ्कलन भएको उनले जानकारी दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष लालबहादुर गुरुङले विदेशमा रहे पनि दुःखका बेलामा सक्दो सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरे ।
सहयोग समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले सामाजिक अभियानकर्मीलगायतबाट सहयोग जुटाएर पीडितको उपचार भइरहेकाले बिरामीको जीवन बचाउन स्वेच्छिक सहयोग गर्न आग्रह गरे । जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङ, सल्लाहकार नन्दबहादुर गुरुङ, अभियानका सचिव बालकृष्ण गुरुङलगायतले सहयोग दाताप्रति आभार व्यक्त गरे ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया