भक्तपुरमा ह्युमपाइपभित्र भरुवा बन्दुक भेटियो

भक्तपुर - भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो ।
बन्दुक कसले कुन प्रयोजनका लागि ल्याएर लुकाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भरुवा बन्दुकबारे स्थानीयवासीले खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया