३३ बिगाहाको गाँजा र १९ बिगाहाको अफिम नष्ट

धादिङ - जिल्ला प्रहरी कार्यालयले राक्सिराङ गाउपालिकाको वडा नं ४ र ५ को धुर्सिङ, निबुतार, लाइसिराङलगायत ठाउँमा अवैधरुपमा खेती गरिएको ३३ बिगाहा क्षेत्रफलको गाँजा तथा १९ बिगाहा क्षेत्रफलको अफिम जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश दङ्गा नियन्त्रण कार्यालयको संयुक्त टोलीले यही पुस १ गतेदेखि आजसम्ममा फडानी गरी नष्ट गरेको छ ।
प्रहरीले हरेक वर्ष उक्त गाउँपालिकामा अवैध खेती गरिएका गाँजा तथा अफिम खेती नष्ट गर्ने गरे पनि गाउँपालिकाको विकट गाउँमा अवैध ढङ्गले गाँजा र अफिम खेती गर्ने काम रोकिएको छैन ।
उक्त गाउँमा अवैध उत्पादित गाँजा र अफिम गोप्य तवरले भारततर्फ निकासी गरिन्छ । प्रहरीले पटकपटक गाजा ओसारपसार गर्नेलाई पक्राउ गरे पनि गाजा र अफिमको अवैध खेती रोकिएको छैन । रासस

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया