बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

इराकी कुर्दिस्तान बाढीमा आठको मृत्यु

अर्बिल, इराक- उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् ।

बिहान ४:०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको उनले बताएका छन् । (एएफपी)