अल्का अस्पतालले बाथरोगको निशुल्क उपचार गर्ने

काठमाडौँ- अल्का अस्पतालले बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुष १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी नौ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।
बाथरोग सम्बन्धि बिशेषज्ञ डाक्टरद्धय जीवन पौडेल र अभिलाशा शाहले हरेक दिन सय जना विरामीहरुलाई जाँच गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा निःशुल्क औषधि वितरण गर्ने छ । निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याव जाँच पनि निशुल्क गरिने अस्पतालका निर्देशक दीपेन्द्र पोखरेलले जानकारी दिए ।
उनले सिबिसी,इसिआर,युरिकएसिड, क्रियटीनाइन,एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसी लगायतका ल्याव जाँच डाक्टरको सिफारिसमा निशुल्क गरिने बताए ।
हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएकाहरु, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरु, शरिरको विभिन्न भागमा रातो तथा निलो दाग भएकाहरु, कपाल झर्ने समस्या भएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भइ बेस्सरी दुखेकाहरुले शिविरमा आएका निशुल्क परिक्षण गराउन सक्ने वरिष्ठ बाथ रोग विशेषज्ञ डा. जीवन पौडेलले सुझाव दिए ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया